साझा अनलाईन

Total Post : 2962 | Joined from August 23, 2015

आर्थिक समाचारः तराईलाई भूमिगत पानीबाट सिँचित गरिँदै

३ चैत, काठमाडौं । अन्न भण्डारको रुपमा परिचित तराई-मधेसमा सिँचाइको व्यबस्था गरी कृषि उत्पादन बढाउन सरकारले समृद्ध तराई मधेस सिँचाई विशेष कार्यक्रम’ कार्यान्वयन गरेको छ ।

अध्ययनका लागि विदेश जानेको चाप बढ्यो, एकै महिना सात हजारभन्दा बढीले लगे नो अब्जेक्सन लेटर

३ चैत, काठमाडौं । विदेश अध्ययनमा जान चाहने विद्यार्थीको चाप यस वर्ष बढेको छ । यसअघिको ‘रेकर्ड ब्रेक’ गर्दै यस वर्ष एकै महिनामा सात हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लगेका छन् ।

अमेरिका पठाइदिने प्रलोभनमा खाडीमा रहेका नेपालीसँग करोडौं उठाएर फरार

३ चैत, काठमाडौं । मुनलाइट सर्भिसेज कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको द बोइङ कम्पनीमा पाँचबर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ ।

न्यायाधीशमाथिको कारबाही तीन महिनादेखि अलपत्र

३ चैत, काठमाडौं । पदीय आचरणविपरीत आर्थिक अनियमिततामा मुछिएका आठ जिल्ला न्यायाधीशमाथिको कारबाही सिफारिस अलपत्र परेको छ । न्यायपरिषदद्वारा गठित छानबिन समितिले उनीहरूलाई कारबाही गर्नुपर्ने प्रतिवेदन दिएको छ ।

भारत पुगेर बाबुरामले भनेः भारत र चीनलाई द्वन्द्वबाट जोगायौं

३ चैत, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षलाई हतियारबाट मतपेटिकामा ल्याएर भारत र चीनलाई द्वन्द्वमा तानिने खतराबाट जोगाएको खुलासा गरेका छन् ।

निगमको जहाजबाट विमानस्थलमा ५ हजार लिटर तेल चुहियोः दुर्घटना टर्‍यो, छानबिन समिति गठन

३ चैत, काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ। एउटा जहाजबाट हजारौं लिटर हवाई इन्धन (तेल) चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो ।

विद्यार्थीलाई टिप्सः यसरी गरौं परीक्षाको तयारी

अहिले परीक्षाको मौसम छ । माध्यमिक परीक्षा एसइई आजैबाट सुरु भएको छ । विद्यार्थीको ध्यान पढाइमा केन्द्रित छ । कसरी राम्रो नतिजा हासिल गर्ने ? अक्सर विद्यार्थीको ध्याउन्न यहीँ हुने गर्छ । एक हिसावले यो सही पनि हो । तर, नतिजाको दौडमा लाग्दा त्यसले तनाव निम्त्याउँछ, जो परीक्षाको बेला प्रत्युत्पादक हुन सक्छ । परीक्षाका बेला