२८ असार, काठमाडौं । बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् ।
सुरुङ्गा, झापा, विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् ।
रौतहट, जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ ।
भूकम्पले घर भत्काएर टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरेको एकीकृत बस्तीलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।
सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।
दार्चुला, १५ असार यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको छ ।
फलेवास, पर्वत, कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ ।
काठमाडौँ, १४ असार, काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ ।
गौशाला, सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ ।
लहान, गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गर्नुभएको छ ।
भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् ।
नेपाल सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडी यही असार २८ गते चीन पठाइने भएको छ । चिनिया साइटिस टोली गैँडाको अवस्था बुझ्न आज चितवन आइपुगेको छ । सो टोलीले राष्ट्रिय निकुञ्ज विभागका अधिकारीहरुसँग छलफल भएको थियो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
बाँकेमा निर्माण भइरहेका विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ ।
बेनी, म्याग्दी, १४ असार बेनी नगर कार्यपालिकादेखि नगरपालिकाको २ नं वडा कार्यपालिका भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्रयाक खुलेको आठवर्ष बितिसक्दा पनि यातायातका साधन चल्ने बन्न सकेको छैन ।