हलिउड

रोनाल्डोकी पूर्व प्रेमिका बनिन् आमा

रोनाल्डोकी पूर्व प्रेमिका बनिन् आमा

न्युयोर्क, चैत २८ – फुटबल स्टार क्रिस्टियानो रोनाल्डोकी पूर्व प्रेमिका इरिना सायेक आमा बनेकी छिन् ।

पछिल्ला दुई वर्षदेखि हलिउड अभिनेता ब्राड्ली कुपरलाई डेट गरिरहेकी इरिनाले केही हप्ताअघि मात्र पहिलो सन्तानलाई जन्म दिएको मिरर अनलाइनले जनाएको छ ।


सन् २०१६ मा भिक्टोरिया सिक्रेटको फेसन रनवेका दौरान इरिना गर्भवति रहेको खबर आएको थियो ।

गत फेब्रुअरीमा भने इरिना गर्भवति रहेको स्पष्ट देख्न सकिन्थ्यो ।

पछिल्ला ९ महिना दुवै जनाले आफ्नो व्यक्तिगत जीवनबारे त्यति धेरै खुलाएका छैनन् ।

पहिलो सन्तान छोरा या छोरी हो भन्ने अझै यकिन रहेको छैन ।

२०७३ चैत्र २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत