राजनीति

महामन्त्रीमा गगन थापाकाे पहिलाे उम्मेद्वारी घाेषणा

नेपाली काँग्रेसका प्रभावशाली युवा नेता गगन थापाले १४ ओैँ महाधिवेशनमा माहामन्त्रीमा उठ्ने घाेषणा गरेका छन् । केही नेताहरूले सभापतिमा उम्मेद्वारी दिने घाेषणा गरेका भए पनि महामन्त्रीमा उम्मेद्वारी घाेषणा गर्ने गगन थापा पहिलाे नेता हुन् ।

नेता शेखर काेइरालाले १४ ओैँ महाधिवेशनमा सभापति उठ्ने घाेषणा पहिलेदेखि नै गरेका थिए भने उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्न सम्पर्क कार्यालय नै खाेलेर तयारी थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पनि सभापति दाेहाेर्याउने बतइसकेका छन् । गुट उपगुटका कुरा धेरै हुने काँग्रेस राजनीतिमा गगन थापाले आफ्नाे टिम भने खुलाएका छैनन् ।

आफ्नै क्षेत्रका कार्यकर्ताका बिच महामन्त्री उठ्ने घाेषणा गरेका नेता थापा १३ ओैँ महाधिवेशनमा पनि महामन्त्री उठेर शशांक काेइरालासँग पराजित भएका थिए । थापाकाे उम्मेद्वारी घाेषणालाई अर्का प्रभावशाली युवा नेता बद्री पाण्डेले युवाकाे साहासिक कदमलाई सकारात्मक रूपमा ग्रहण गरिएकाे आफ्नाे फेसबुक पेजमा लेखेका छन् ।

२०७८ भाद्र १४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत