समाचार

काठमाडाैँ महानगरकाे एक शिक्षक एक ल्यापटप कार्यक्रम

काडमाडाैँ महानगरले एक शिक्षक एक ल्यापटप अभियानअन्तर्गत न्हुाेखा, काठमाडाैँकाे कन्या मन्दिर माध्यमिक विद्यालयका २७ जना शिक्षकलाई ल्यापटप वितरण गरेकाे  छ ।

काेराेना महामारीका कारण एकातिर घरबाट नै शिक्षकले अनलाइनका माध्यमबाट पढाउनुपरिरहेकाे  छ भने अर्कातिर समयानुकूल शिक्षालाई प्रविधिमैत्री बनाउन पनि शिक्षकलाई ल्यापटप प्रदान गरिएकाे हाे ।

एक शिक्षक एक ल्यापटप (OTOL) कार्यक्रम राष्ट्रपति शैक्षिक कार्यक्रमकाे शिक्षामा नवीनतम प्रयाेग, वागमती आइसिटी ल्याब र शिक्षककाे सामूहिक लगानीमा सम्पन्न गरिँदै लगिएकाे कार्यक्रम हाे ।

२०७८ भाद्र ६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत