समाचार

नेपाल थामी संघ गठन

 नेपाल थामी संघ गठन भएकाे छ । नेपाली काँग्रेसकाे शुभेच्छुक संस्थाका रूपमा अगाडि बढ्न र अल्पसङ्ख्यक आदिवासी थामी समुदायलाई जागरूक गरी राष्ट्रिय मूलधारमा ल्याउन पहल गर्ने उद्देश्यअनुरूप नेपाल थामी संघ गठन गरिएकाे नेपाल थामी संघ गठनका अभियन्ता हस्त थामीले बताए ।

 पुराना काँग्रेस नेता गाेपीलाल थामीकाे संयाेजकत्वमा गठित नेपाल थामी संघमा अभियन्ता हस्त थामी,कर्णबहादुर थामी र कविराज थामी सह-संयाेजक रहने गरी नेपाल थामी संघकाे एक तदर्थ समिति गठन गरिएकाे छ । विशेष गरी दाेलखा,सिन्धुपाल्चाेक,रामेछापमा वसाेवास गर्ने थामीहरू सिन्धुली,साेलुमा समेत रहेका छन् । त्यसैले सबै जिल्लाका थामीलाई समेटी पूर्ण कार्यसमिति निर्माण गरिने समेत अभियन्ता हस्त थामीले बताए ।

नेपाली काँग्रेसका नेता जीपछिरिङ लामाकाे प्रमुख आतिथ्यतामा सम्पन्न नेपाल थामी संघकाे प्रथम राष्ट्रिय भेलामा नेपाली काँग्रेस दाेलखा,सिन्धुपाल्चाेक, रामेछाप र सिन्धुलीका सभापतिकाे समेत उपस्थिति रहेकाे थियाे ।

२०७८ भाद्र ६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत