देश

भीमेश्वर नगरपालिकालाई सिस्टर सिटी सुइनिङले दियाे स्वास्थ्य सामग्री

चीनकाे सुइनिङ सिटीले नेपालकाे आफ्नाे सिस्टर सिटी दाेलखाकाे भीमेश्वर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेकाे छ ।


आज एक कार्यक्रमका बिच सुइनिङ सिटीले पठाएकाे १५ कार्टुन स्वास्थ्य सामग्री नेपाल-चीन मैत्री समाजका अध्यक्ष प्रेम सागर पाैडेलले भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीलाई हस्तान्तरण गरेकाे दुई नगरका बिच सिस्टर सिटी सम्बन्ध प्रतिनिधि भुवन थापाले बताए ।

चीनकाे सुइनिङ सिटी र भीमेश्वर नगरपालिकाले सन् २०१७ मा सिस्टर सिटीका रूपमा सम्बन्ध गाँसेका थिए ।

२०७८ भाद्र ४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत