देश

पब्लिक सर्भिस इन्टरनेसनल (PSI) काे दुई दिने कार्यशाला गाेष्ठी सम्पन्न


स्थानीय तहलगायतका सार्वनिक क्षेत्रमा काम गर्ने युवा कर्मचारी कामदारकाे क्षमता अभिवृद्धि एवं नेतृत्वविकास हुनुपर्छ भन्ने उद्देश्यका साथ भएकाे दुई दिने कार्यशाला गाेष्ठी सम्पन्न भएकाे छ ।


पब्लिक सर्भिस इन्टरनेसनल (PSI) काे आयाेजनामा भएकाे गाेष्ठीमा स्थानीय तह कर्मचारी युनियन, नेपाल , नेपाल चलचित्र कलाकर्मी संघलगायतका संघसंगठनमा आबद्ध नेतृत्वकर्ता कर्मचारी कामदारकाे सहभागिता रहेकाे थियाे ।
हिजाे काठमाडाैँ महानगरपालिकाकी उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठले उद्घाटन गरेकाे कार्यक्रममा पब्लिक सर्भिस इन्टरनेसनल (PSI) दक्षिण एसियाका क्षेत्रिय सचिव रमन कनानले हिजै zoom मार्फत् शुभकामना दिएका थिए ।


कार्यक्रममा नेतृत्व विकास गर्न र संगठनलाई मजबुत एवं विश्वसनीय बनाउन ग्रुप डिभिजन गरी सबै सहभागीकाे सुझाव सङ्कलन गरिएकाे थियाे । सङ्कलित सुझावलाई व्यवहारमा कार्यान्वयन गर्न पब्लिक सर्भिस् इन्टरनेसनल(PSI) ले सधैँ सहयाेग गर्ने कार्यक्रम संयाेजक जेनी थापाले बताइन् ।

२०७८ भाद्र ३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत