फिचर

नेपालमा युवा श्रमिककाे अवस्था

पब्लिक सर्भिस इन्टरनेसनल (PSI) काे युवा श्रमिककाे अवस्था विषयक दुई दिने कार्यशाला आज सुरू भएकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै काठमाडाैँ महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले कार्यक्रम सफलताकाे शुभकामना दिँदै समग्र देशकाे विकासका लागि युवा श्रमिककाे सशक्त सङ्गठनकाे आवश्यकता रहेकाे बताइन् । कार्यक्रमबाट नै राम्राे सङ्गठन जन्मने र भविष्यमा यस्तै युवाकाे सङ्गठनले समग्र समाज विकासमा याेगदान दिने विश्वास रहेकाे बताइन् ।

कार्यक्रममा पब्लिक सर्भिस इन्टरनेसनल दक्षिण एसियाका  क्षेत्रीय सचिव रामन कनानले विश्व काेभिड सङ्क्रमणसँग जुधिरहेकाे छ । यस्ताे अवस्थामा दक्षिण एसियाका नागरिककाे खाेप लाउन पाउने अधिकार छिटाेभन्दा छिटाे हुनुपर्छ अर्थात् सबैले खाेप लाउन पाउनुपर्ने आवाज उठाउनुपर्नेमा जाेड दिए । उनले काेराेनाका कारण भाैतिक रूपमा उपस्थित हुन नसके पनि zoom मार्फत् नै भेट भएकाेमा खुसी व्यक्त गर्दै सफल कार्यक्रमका लागि शुभकामना दिए ।

स्थानीय तह कर्मचारी युनियन, नेपालका अध्यक्ष नरबहादुर साउदकाे अध्यक्षतामा शुरू भएकाे कार्यक्रममा आजै ट्रेड युनियन काँग्रेसका उपमहासचिव स्वास्थ्यकर्मी राधिका कुइँकेल र UNI नेपालका अध्यक्ष शंकर लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम भाेलिसम्म चल्ने पब्लिक सर्भिस इन्टरनेसनल (PSI) की काेअर्डिनेटर जेनी थापाले जानकारी दिइन् ।

२०७८ भाद्र २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत