राजनीति

काँग्रेस महाधिवेशन मङ्सिर ९ मा

नेपाली काँग्रेसकाे आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भएकाे छ । भदाै १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन हुने भनेकाे काँग्रेसकाे वडा अधिवेशन भने भदाै १८ मा हुनेछ ।


भदाै २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिने भनेकाे नेपाली काँग्रेसले भदाै १८ गते वडा अधिवेशन, भदाै २७ मा गाउँ तथा नगर अधिवेशन,असाेज १ मा प्रदेश निर्वाचन क्षेत्रकाे अधिवेशन, असाेज ५ मा सङ्घीय निर्वाचन क्षेत्रकाे अधिवेशन, असाेज १० मा जिल्ला अधिवेशन, कात्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन सकेर मङ्सिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय अधिवेशन गर्ने नयाँ कार्यतालिका सार्वजनिक गरेकाे छ ।

२०७८ श्रावण ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत