राजनीति

काँग्रेस महाधिवेशनका लागि जुट्न सकेन सहमति

नेपाली काँग्रेसका नेताहरुका महाधिवेशन तोकिएकै मितिमा गर्ने या अर्को मितिमा गर्ने भन्ने विषयमा अझै सहमती जुट्न सकेको छैन । भरखरै सत्ता गठबन्धनको नेतृत्व गरेको काँग्रेसलाई यतिखेर आफ्नै महाधिवेशन फलामको चिउरा बन्दै गएको छ । एकातिर कोभिड–१९ अर्थात् कोरोना भाइरसले झन् आक्रान्त पार्दै लगेको छ भने अर्कोतिर काँग्रेसको आन्तरिक किचलो पनि त्यत्तिकै बढेको छ ।


नेपाली काँग्रेसका सभापति निर्वाचन आयोगसँग सल्लाह गरेर भदौ २३ गते महाधिवेशन सुरु गरी आगामी मङ्सिरमा केन्द्रीय महाधिवेशन गर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल निर्धारित मितिमै महाधिवेशन गर्नु पर्नेमा मङ्सिरसम्म पु¥याउनु नहुने पक्षमा छन् । यद्यपि आज शुक्रबार सहमतीमा नेपाली काँग्रेस महाधिवेशनको मिति तय हुने अपेक्षा गरिएको छ ।

२०७८ श्रावण २९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत