राजनीति

बाहिर आश गरिएका नेता शंकर पोखरेलको निराश बहिर्गमन

लुम्बिनी प्रदेश सरकारले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । शंकर पोखरेलले मुख्यमन्त्री पदबाट बुधबार राजीनाम दिएका थिए । देश संघीयतामा गइसकेपछि लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य पाएका शंकर पोखरेल नेकपा एमाले पार्टीका प्रभावशाली नेताका रुपमा परिचित थिए । त्यति मात्र होइन कार्यकर्ता माझ सम्भावना बोकेका,परिवर्तन ल्याउन सक्ने नेतामध्ये आशा गरेका एक नेता थिए शंकर पोखरेल ।


बुधवार नै प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्विकृत गरिसकेका छन् । आज लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाउने छ । उता शंकर पोखरेल मन्त्री भएदेखि विवादित बन्न पुगेका थिए । आशा गरेका नेता भए पनि पोखरेलले आफ्नो मौलिकता प्रदर्शन गर्ने सकेनन् मात्र ओलीका कारिन्दा जस्ता देखिए । प्रदेशलाई बलियो बनाउन भन्दा पनि केपी ओली सरकार टिकाउनका लागि धेरै काम गर्न खोजे पोखरेलले ।


पहिलो मुख्यमन्त्री भएको नाताले पनि प्रदेशको महत्व र गरिमा बुझाउन सक्नुपथ्र्यो पोखरेलले । मुख्यमन्त्रीमध्ये आशा गरेका मुख्य मन्त्री थिए पोखरेल । प्रदेशलाई बलियो बनाउनुको सट्टा ओलीसँग लागेर झन् कमजोर बनाउनमा उद्यत रहे । प्रदेशको केन्द्र निर्धारण गर्ने विषय होस् या सरकार टिकाउन उनी केन्द्रकै विकृत अभ्यासमा लागिरहे । केन्द्र्रमा सरकार परिवर्तन भइसक्दा र ओली शक्तिविहीन भइसक्दा पनि शंकर पोखरेलले लुम्बिनीमा ओलीले जस्तै अन्तिम कार्ड फालिरहे माओवादी रोजेकी विमला ओली केसी एमालेमै रहे विपक्षीलाई बहुमत पुग्दैनथ्यो । त्यसैले ओली एमालेमै रहेको वक्तव्य सार्वजनिक गर्न लगाए पोखरेलले ।


उता १९ साउनमा आफूलाई मुख्यमन्त्री पोखरेलले ५ दिन बन्धक बनाएको भनेर पत्रकार सम्मेलन नै गरिन् विमला ओली केसीले । यसले त मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीबाट बहिर्गमन हुने बेलामा झनै स्वार्थी, अवसरवादी, सत्ताका लागि जस्तोसुकै काम गर्न पछि नपर्ने चरम सत्तालिप्स नेताका रुपमा परिभाषित गरेको छ ।

२०७८ श्रावण २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत