समाचार

नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्ने, कार्यतालिका सहित महाधिवेशन सम्बन्धी निर्णय आउने सम्भावना

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने भएको छ । केन्द्रीय समिति बैठकमा काँग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन सम्बन्धी कार्यसूची रहेको छ ।


निर्धारित मितिमा महाधिवेशन नहुने लगभग निश्चित भएपछि नयाँ कार्यतालिका ल्याउने र महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा काँग्रेसभित्र छलफल तीव्र रुपमा भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आगामी मङ्सिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन सहमती खोजिरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल भदौ २३ अगाडि नै महाधिवेशन उद्घाटन गरेर असोजमा सम्पन्न गर्नु पर्नेमा जोड दिइरहेका छन् ।


विभिन्न कारण देखाउँदै महाधिवेशन सार्दै आएको काँग्रेसका लागि संवैधानिक जटिलता पनि बढ्दै गएको छ । शेरबहादुर देउवा सभापति भएको आगामी भदौ २३ गते ५ वर्ष ६ महिना पूरा हुँदै छ त्यसैले सम्भवतः भदौमा वडातहको अधिवेशन सुरु गर्ने गरी नयाँ कार्यतालिका आउने सम्भावना देखिन्छ ।

 

२०७८ श्रावण २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत