देश

पदभार ग्रहण गरे प्राधिकरणमा कुलमान घिसिङले

नेपाल विद्युत् प्राधिकरणकाे निर्देशकमा पुनः नियुक्त भएका कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन् । अघिल्लाे सरकारकै पालामा आम नागरिकले कुलमान नै चाहिन्छ भने पनि केपी सरकारले कुलमानलाई नियुक्त नगरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेकाे थियाे । शेरबहादुर देउवाकाे सरकार आउनासाथ विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने आन्तरिक सहमती नै भएकाे थियाे । कुलमान घिसिङ प्राधिकरणमा नियुक्त भएसँगै नागरिकमा खुसियाली नै छाएकाे छ । अघिल्लाे पल्ट दैनिक १८ घण्टाभन्दा बढी लाेडसेडिङ हुने देशलाई कुलमान घिसङ आएपछि लगभग लाेडसेडिङ मुक्त गराएका थिए । दाेस्राे पटक पदभार ग्रहण गर्दै कुलमान घिसिङले जीवनकै ठुलाे चुनौतिलाई स्विकार गरेकाे बताएका छन् । विद्युत् प्राधिकरणमा कुलमान घिसिङ पुन: नियुक्ति भएर आएपछि प्राधिकरणका कर्मचारीले घिसिङलाई स्वागत गरेका छन् ।

२०७८ श्रावण २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत