देश

स्थानीय तह कर्मचारी युनियन लुम्बिनी प्रदेशको अर्थमन्त्रीसमक्ष ध्यानाकर्षण–पत्र

स्थानीय तहका कर्मचारीको वृत्ति विकास र स्थायित्वको विषयलाई लिएर स्थानीय तह कर्मचारी युनियन, नेपाल लुम्बिनी प्रदेशको एक टोलीले माननीय अर्र्थमन्त्री समक्ष ध्यानाकर्षण–पत्र दिएको छ ।


देश संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा अगाडि बढिरहेको यति लामो समय भइसक्दा पनि स्थानीय तहमा कार्यरत कर्मचारीका समस्या, माग र मुद्धामा अघिल्लो सरकारले ध्यान नदिएको हुँदा यो सरकार आउनासाथ समयमै ध्यानाकर्षण गराएको स्थानीय तह कर्मचारी युनियन लुम्बिनी प्रदेशका अध्यक्ष झरेन्द्र खरेलले बताए । जनताको घरआँगनमा गएर काम गर्ने स्थानीय तहका कर्मचारीलाई दुःखी बनाएर संघीयता सफल नहुने खरेलको भनाइ थियो ।

२०७८ श्रावण २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत