समाज

नेपाली काँग्रेस विपद् व्यवस्थापन समिति दोलखाको निरन्तर सहयोग

नेपाली काँग्रेस विपद् व्यवस्थापन समिति दोलखाले दोलखाली पीडितलाई निरन्तर सहयोग गरिरहेको छ । नेपाली काँग्रेसका नेता प्रभुराम श्रेष्ठको संयोजकत्वमा गठित विपद् व्यवस्थापन समिति यतिखेर प्राकृतिक विपत्तिमा परेका एवं दीर्घरोग लागेर हस्पिटलमा छटपटाइरहेका दोलखाली बिरामीको सबैभन्दा नजिकको साथी बन्न सफल भएको छ ।


किड्नी फेल, क्यान्सर, आगलागीको विपत्तिमा परेका लगायतका पीडितलाई रु. १०००० देखि रु. १५००० सम्म नगद सहयोग गरी पीडितको दुःखमा मल्हम लगाएर नेपाली काँग्रेस विपद् व्यवस्थापन समिति दोलखा गरिब पीडितको हृदयमा बस्न सफल हुँदै गएको छ । कोरोना महामारीकै बिचमा पनि समितिका कुनै एक प्रतिनिधि आफैँ उपस्थित भएर वास्तविक बिरामीलाई भेटी सान्त्वना दिँदै समितिले सहयोग उपलब्ध गराउँदै आएको छ

२०७८ श्रावण २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत