राजनीति

प्रतिनिधि सभा बैठकमा ओलीकाे आक्राेश, व्यङ्ग्य र कुण्ठा

प्रतिनिधि सभा बैठकमा केपी ओलीले आक्राेशसहितकाे व्यङ्ग्यकाे झटाराे हानेका छन् । सरकारलाई व्यङ्ग्य गर्दा ओलीले आफैँलाई पनि गिज्याइरहेका थिए भने उता ओली पक्षीय सांसद बातैपिच्छ ताली ठाेकिरहेका हुन्थे । सँगसँगै सत्ताबाट हट्नुपरेकाे कुण्ठा पनि उनकाे अभिव्यक्तिमा पाइन्थ्याे । ओलीले आफ्ना कमजाेरी ढाकछाेप गर्न पनि खाेजिरहेकाे बुझिन्थ्याे ।

सरकारबाट हटेपछि पहिलाे पटक प्रतिनिधि सभाकाे बैठकमा सम्बाेधन गर्न पुगेका ओलीले सम्बाेधनकाे सुरूवातमै सभामुखलाई धन्यवाद दिँदै लाेकतन्त्रमा सरकार परिवर्तनकाे विषय सामान्य भए पनि असामान्य ढङ्गले सरकार परिवर्तन भएकाले हाेला सत्ता पक्षका साथीहरू असाध्यै हाैसिनुभएकाे छ ।दशैँमा केटाकेटी आँगनमा नाचेजस्ताे नाच्दै हुनुहुन्छ भनेर व्यङ्ग्य कसे। उनले सरकार गठन भएकाे एक महिनासम्म सरकारले बधाई र शुभकामना केही पनि नगरेकाेले लिइरहेकाे छ किनकि याे सरकार विकृत ढङ्गले गठन भएकाे हाे त्यसैले केही गर्न सक्ने नभएकाेले बधाई र शुभकामनामा अल्झिरहेकाे बताए ।

पवित्र साेचले पार्टी एकीकरण गरिएकाे प्रसङ्ग समेत उठान गरेका ओलीले आफूले मात्र सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा लागेकाे अरू सबै स्वार्थमा लागेकाेले याे परिस्थिति सिर्जना भएकाे आशय व्यक्त गरेका थिए । यसाे भनिरहँदा पार्टीकाे अध्यक्ष आफैँ रहेकाे अनि सर्वाेच्चले एमाले र माओवादीलाई अलग गरिदिएपछि पनि आफ्नै पार्टीका साथीलाई मिलाउन नसकेकाे चाहिँ बिर्सेकाे आभास हुन्थ्याे । झन्नै दुई तिहाईकाे सरकारकाे प्रधामन्त्री बनेका ओलीकाे अभिव्यक्तिमा सरकारबाट हट्नुपरेकाे कुण्ठा देखिए पनि आफ्नै पार्टीका साथीहरू मिलाउन सकिनँ भन्ने सामान्य शालीनता पनि देखिँदैनथ्याे ।

२०७८ श्रावण २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत