राजनीति

काँग्रेस पौडेल समूहका जिल्ला सभापतिहरुको भेला हुँदै

नेपाली काँग्रेसको पौडेल समूहको जिल्ला सभापतिहरुको अनौपचारिक भनिएको भेला आज सुरु हँुदै छ । १४औँ महाधिवेशन भदौ १६ मा हुने सम्भावना टर्दै गएपछि संस्थापन इतर समूहका जिल्ला सभापतिको मनशाय बुझ्न यो भेला बोलाइएको जनाइएको छ ।


भेलामा क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औँ महाधिवेशन, सरकारका गतिविधि तथा आगामी रणनीतिका बारेमा गम्भीर छलफल हुने बुझिएको छ । उता पार्टी सभापति शेरबहादुर देउवाले भने भदौ १६ मै पार्टीको महाधिवेशन हुने बताइरहेका छन् ।

२०७८ श्रावण २५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत