समाचार

लायन क्लब इन्टरनेसनल, टेम्पल गणेश काठमाडौँको रक्तदान सम्पन्न

३२५ बि १, क्लस्टर ३० अन्तर्गत रहेको लायन क्लब इन्टरनेसनल, टेम्पल गणेशले कौशलटार, भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


विविध समाजिक काममा सक्रिय लायन क्लब इन्टरनेसनल, टेम्पल गणेश काठमाडौँले अहिले कोरोना महामारीको बेलामा रगतको अभाव हुन सक्ने भएको हुँदा जति सकिन्छ रक्तदान गर्नु अहिले भहत्वपूर्ण मानवीय सेवा भएकोले सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम गरिएको जनाएको छ । रक्तदान कार्यक्रममा ५४ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।

२०७८ श्रावण २४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत