स्वास्थ्य/जीवनशैली

आइपुग्यो जापानबाट कोभिशिल्ड खोप ज्येष्ठ नागरिकलाई लगाइने

जापानले नेपाललाई दिने भनेको कोरोनाविरुद्धको पहिलो चरणको खोप आइपुगेको छ । जापान सरकारले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराउने भनेको १६ लाख डोज खोपमध्ये पाँच लाख तेहृ हजार डोज खोप आज आइपुगेको हो । आइतबार अरु २ लाख ८३ हजार डोज खोप आइसक्ने जनाइएको छ ।


जापानबाट आएको कोभिशिल्ड खोप ज्येष्ठ नागरिकलाई लगाइने भएको छ । यसअघि पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाइन लागिएको हो ।

२०७८ श्रावण २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत