समाचार

लायन क्लब इन्टरनेसनल, काठमाडौँ टेम्पल गणेशको वृक्षरोपण कार्यक्रम सम्पन्न

विभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको लायन क्लब इन्टरनेसनल, ३२५ बी १, काठमाडौँ टेम्पल गणेशले गोदावरी, झरुवाराशीमा वृक्षरोपण सम्पन्न गरेको छ ।


बढ्दो प्रदूषणबाट जोगिन र जोगाउन वृक्षरोपण र रुखविरुवाको संरक्षण नै एक मात्र उपाए भएको हुँदा वृक्षरोपण गरिएको लायन क्लब इन्टरनेसनल, टेम्पल गणेशकी अध्यक्ष अनिता थापा विष्टले बताइन् । उनले ठुलो योगदान गर्न नसके पनि सकारात्मक सन्देश दिन खोजेको बताउँदै करिब ५० जना सहभागिता रहेको कार्यक्रममा सहभागीले भिन्न भिन्न जातका रुखका बिरुवा रोपेको जानकारी दिएकी थिइन्् ।

२०७८ श्रावण २२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत