खेलकुद

पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

खेलाडी र कप्तानका रुपमा लोकप्रिय क्रिकेट खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट अन्ततः सन्यासको घोषणा गरेका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिँदै क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहेको बताएका छन् ।
नेपालका लागि राष्ट्रिय टिमबाट खेल्न पाउनु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी भएको बताएका पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा टुङ्गिए पनि क्रिकेटको विकासका लागि आफू सक्रिय रहिरहने सङ्केत गरेका छन् । नेपाली क्रिकेट इतिहासमा पारस खड््कालाई सफल खेलाडी र कप्तानका रुपमा आम नेपालीले लिइरहने छन्् ।

२०७८ श्रावण १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत