समाचार

उमेश श्रेष्ठले सरकारी सुविधा नलिने

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाबाहेक कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन् । आफ्नो १०० दिने कार्ययोजना प्रस्तुत गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्तालगायतका सुविधा नलिने घोषणा गरेका हुन् ।


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएसँगै विवादमा तानिएका राज्यमन्त्री श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गरी सरकारी सुविधा नलिई जनताको सेवा गर्ने घोषणा गरेका छन् । कतिपय टिप्पणीकर्ताले भने कुशल व्यवस्थापक भएकाले श्रेष्ठलाई मन्त्री बनाउनु स्वागतयोग्य काम हो पनि भनेका छन् ।

 

२०७८ श्रावण १८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत