देश

दार्चुला घटनाको छानबिनका लागि गृह मन्त्रालयको टोली आज जाने तयारीमा

महाकाली नदी पार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिएकाले व्यास गाउँपालिका–२ का जयसिंह धामीको महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिनका लागि आज गृहमन्त्रालयको टोली त्यतातर्फ जाँदै छ । घटनाको यथार्थ छानबिन गर्न गृहमन्त्रालयको सह–सचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो ।
भारततर्फको बाटो हुँदै नेपालतर्फ आउने क्रममा तुइन तरिरहेका जयसिंह धामी तुइनको तारसँगै बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीका अनुसार भारतीय एसएसबीका जवानले जानीजानी दुर्घटना गराएको बताइरहँदा उता भारतीय पक्षले भने दुर्घटना हुनुमा एसएसबीको कुनै संलग्नता नरहेको दाबी गरिरहेको छ ।

२०७८ श्रावण १८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत