देश

कक्षा १२ को परीक्षामा स्वास्थ्यकर्मी अनिवार्य

कक्षा १२ को साउन ३१ गतेदेखि हुन गइरहेको परीक्षामा हरेक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्नुपर्ने भएको छ । प्रतिनिधि सभाको शिक्ष तथम स्वास्थ्य समितिले सबै परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न निर्देशन दिएको हो ।
शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा दिनु अघि कोरोना परीक्षण गर्नुपर्ने र विद्यार्थी बिरामी भएमा फेरि परीक्षा लिने व्यवस्था मिलाउनका लागि पनि सरकारलाई निर्देशन दिएको छ । विद्यार्थी धेरै भएका विद्यालयहरुमा बढी भिडभाड हुने भएकाले धेरै परीक्षा केन्द्रको समेत व्यवस्था मिलाइने भएको छ ।

२०७८ श्रावण १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत