समाज

बृद्धबृद्धालाई खाद्यान्न सहयोग

लायन क्लब इन्टरनेसनल, काठमाडौँ टेम्पल गणेशले एक कायक्रमका बीच हिमालय बृद्धाश्रम केन्द्र, टोखा काठमाडौँलाई खाद्यान्न वितरण गरेको छ । चालीस जना बृद्धबृद्धा र दुई जना बालबालिका रहेको उक्त बृद्धाश्रमका लागि चामल, दाल, नुन, तेल, पीठो, चिउरा, बिस्कुटलगायतका खाद्य समग्री वितरण गरिएको लायन क्लब इन्टरनेसनल, टेम्पल गणेशकी प्रेसिडेन्ट अनिता थापा विष्टले बताउनुभयो । उहाँले बृद्धबृद्धालाई आफूले सकेको सहयोग गर्न सकेकोमा काठमाडौँ टेम्पल गणेशका सम्पूर्ण साथीप्रति आभार प्रकट गर्दै आगामी दिनमा यस्तै परोपकारी काममा लागिरहने बताउनुभयो ।


लायन क्लब इन्टरनेसनलका विभिन्न क्लबका प्रेसिडेन्ट,मेम्बर तथा बृद्धाबृद्धाको समेत उपस्थितिमा हिमालय बृद्धाश्रम केन्द्रकी अध्यक्ष सरला पन्थीलाई खाद्यान्न प्रदान गरिएको थियो । खाद्यान्न सहयोग
ग्रहण गर्दै अध्यक्ष पन्थीले यस्तै दाताहरुको सहयोग, मुट्ठी दान र घरदैलो कार्यक्रमबाट नै आश्रमका बृद्धबृद्धाको सेवा गर्न सकिएको बताउँदै लायन क्लब इन्टरनेसनल, काठमाडौँ टेम्पल गणेशलाई धन्यवाद समेत दिनुभयो ।

२०७८ श्रावण ३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत