खेलकुद

प्याट्रिसियो रोमामा अनुबन्धित

इंग्लिस प्रिमियर लिग क्लब वुल्भ्सका गोलकिपर रूई प्याट्रिसियो इटालियन सिरी ए क्लब रोमामा अनुबन्धित भएका छन् । पोर्चुगलका गोलकिपर प्याट्रिसियो ११.५ मिलियन युरोमा रोमामा अनुबन्धित भएका हुन् ।

रोमा र ३३ वर्षीय प्याट्रिसियोले तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । ३३ वर्षीय प्याट्रिसियो दुई सिजन वुल्भ्समा बसेर इटाली जान लागेका हुन् । प्याट्रिसियो २०१८ मा स्पोर्टिङ लिस्बनबाट वुल्भ्स भित्रिएका थिए । रोमाको मुख्य प्रशिक्षकमा जोसे माउरिन्हो नियुक्त भएपछि उनले पहिलो खेलाडीको रूपमा प्याट्रिसियोलाई अनुबन्धित गरेका हुन् ।

२०७८ श्रावण २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत