बिजनेस

तीन लघुवित्तको संस्थापक शेयर लिलाम बिक्री गर्दै एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले आफ्नो स्वामित्वमा भएको तीन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

बैंकले आरएमडिसी लघुवित्त (RMDC) को ३ लाख ७३ हजार ७६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ५६ हजार ८३८ कित्ता र महुली लघुवित्तको ५३ हजार ७० कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि आज अर्थात असार २७ गतेदेखि असार ३१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

आरएमडिसी लघुवित्तको संस्थापक शेयरको न्यूनतम मूल्य ४७३ रुपैयाँ तोकिएको छ। त्यसैगरी, मेरो माइक्रोफाइनान्स (MERO) को न्यूनतम मूल्य ५३४ रुपैयाँ र महुली लघुवित्तको ७५२ रुपैयाँ तोकिएको छ। शिलबन्दी बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ।

आरएमडिसी र मेरो माइक्रोफाइनान्सको शेयरमा न्यूनतम १०० कित्ता र महुली लघुवित्त (MSLB) को शेयरमा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनु पर्नेछ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल, बबरमहलमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

२०७८ आषाढ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत