स्वास्थ्य/जीवनशैली

नोबेलमा दुई दिनमा दुई सुत्केरीको मृत्यु, पैसाले ढाकछोपको प्रयास

काठमाडौं,असार २८ – सुनसरीको गढी गाउँपालिका–६ की चाँदनी मेहेता अघिल्लो हप्ता विराटनगरिस्थत नोबेल अस्पतालमा भर्ना भइन् । शनिवार बिहान सकुशल नानीलाई जन्म दिएकी मेहताले त्यही दिन दिउँसो ३ बजे अस्पतालमा अन्तिम श्वास फेरिन् ।

उपचारमा गम्भीर त्रुटी गरेको भन्दै आफन्त आक्रोशित बने । उनीहरुको चित्त बुुझाउन प्रशासनले ५ लाख क्षतीपूर्ति दिने सहमति त गर्यो तर, त्यही समहति अस्पतालले पालना गरे।

उनको जस्तै घटना भयो धनकुुटा महालक्ष्मी–४ चानुवाकी निर्मला खड्काको । उनले पनि शुक्रवार छोरीलाई जन्म दिइन् । सामान्य अवस्थामा सुत्केरी भएकी खड्काको अकस्मात असामान्य अवस्था आयो भन्दै चिकित्सकले इमर्जेन्सी अप्रेशन गर्न सुुझाई अप्रेशन थिएटरमा छिराए । तर, निर्माला स्वस्थ भएर फर्किइनन, केबल निस्क्यो उनको श्वासविहीन शरीर मात्रै ।

दुुई दिनको फरकमा नोबेल अस्पतालमा भएका यी प्रतिनिधि घटना मात्र हुन् । यसअघि पनि अस्पतालमा सुत्केरी गराउन आएका महिलाको अकालमा ज्यान गएको भन्दै पटक–पटक विवादमा आउने नोबेल अस्पतालले सामान्य राहत दिएर विवाद तत्कालका लागि साम्य बनाउने प्रयत्न गर्ने गरेको छ । तर, के कारणले विरामीको ज्यान गएको हो ? त्यसतर्फ उसले चासो दिएको छैन ।

२०७५ आषाढ २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत