समाचार

प्रहरी निरीक्षकका तालिमेलाई अंग्रेजी कक्षा

प्रहरी निरीक्षकको आधारभुत तालिम गरिरहेका ६९ जना प्रशिक्षार्थीहरुले अन्तरसंस्कृति, सार्वजनिक अभिब्यक्ति र लेखनसम्बन्धी अग्रेजी कक्षाको बिशेष तालिम लिएका छन्।

पाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा अमेरिकी दूतावासको क्षेत्रीय अग्रेजी भाषा परियोजनाले उनीहरुलाई तालिम दिएको हो। दूतावासबाट खटिएका विज्ञले कसरी अंग्रेजीको प्रयोग गर्ने, अंग्रेजीमा सार्वजनिक सम्बोधन र लेखनका बिषयमा कक्षा लिएका थिए।

बुधबार सम्पन्न तालिममा सहभागी प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुले भविष्यमा अन्तर्राष्ट्रिय भाषा अंग्रेजीको उपयोग जनसेवाका लागि गरुन् भन्ने उद्देश्यले तालिम दिएको काठमाडाैंस्थित अमेरिकी दतावासले जनाएको छ।

उसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा र बिषयको सम्बोधनका लागि तालिम फलदायी हुने विश्वास पनि ब्यक्त गरेको हो। तालिम समापनमा प्रतिष्ठानका एसपी भुपेन्द्रबहादुर खत्रीले अंग्रेजी भाषाको आवश्यकता र यसको महत्वका विषयमा बोल्दै प्रशिक्षार्धी निरीक्षकहरु भोलीको प्रहरीको नेतृत्वकर्ता हुने भएकाले अंग्रेजी भाषाको ज्ञान फलदायी भएको बताएका थिए। दुई साता लामो चलेकाे तालमिपछि सहभागीलाई प्रमाणपत्र उपलब्ध गराएको छ।

२०७५ आषाढ २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत