मनोरञ्जन

अमेरिकी मोडलको स्तनपानले सामाजिक सञ्जालमा हंगामा

असार २७ , २०७५ काठमाडौं – अमेरिकी मोडल तथा अभिनेत्री क्रिसी टीगनले स्तनपान गराइरहेको तस्वीर सामाजिक सञ्जालमा राखेपछि निकै आलोचना भइरहेको छ ।

इन्स्टाग्राममा पोस्ट गरिएको आफ्नो तस्वीरमा क्रिसीले छोरी लुनाको पुतलीलाई समेत स्तनपान गराएको देखिएको छ ।

दुई बच्चाकी आमा क्रिसीले तस्वीरसँगै लेखिन्, ‘लुना पुतलीलाई पनि दूध पिलाउन चाहन्थिन् अनि मलाई पनि मेरा जुम्ल्याहा बच्चा छन् जस्तो लाग्न थालेको छ ।’

पोस्टमा लाखौंले लाइक गरेपनि आलोचना समेत आएका छन् ।

एक व्यक्तिले आफ्नो बच्चाहरूसँगको निजी क्षणका तस्वीर इन्स्टाग्राममा पोस्ट गर्न नहुने लेखे ।

अर्की एक ट्विटर प्रयोगकर्ताले आफू बच्चाहरूको जन्म, रजस्वला र स्तनपानका बारेमा बुझ्ने र यो प्राकृतिक कुरा भएको तर स्तनपान गराएको तस्वीर हेर्न नचाहने लेखिन् ।

पहिले पनि मोडल तथा अभिनेत्रीहरूले स्तनपान गराएको तस्वीर सामाजिक सञ्जालमा राख्ने गरेका थिए । सन् २०१६ मा अभिनेत्री लिभ टेलरले यस्तै तस्वीर इन्स्टाग्राममा राखेकी थिइन् ।

अभिनेत्री ठेन्डी न्युटन र क्यानडेली गायिका अलानिस मोरिसेटले इन्स्टाग्राममा बच्चालाई स्तनपान गराएको तस्वीर राखेकी थिइन् ।

एजेन्सी

२०७५ आषाढ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत