ग्लोबल

जर्मनी रुसको कब्जामा परेको छ : ट्रम्प

असार २७, २०७५ काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नाटो शिखर सम्मेलनको पहिलो दिनमा जर्मनीविरुद्ध धावा बोल्दै बर्लिन ‘रुसीहरूको बन्दी’ बनेको आरोप लगाएका छन् । रुसप्रति ऊर्जामा निर्भर रहेकाले जर्मनी उसको दास भएको ट्रम्पको भनाइ छ ।

ट्रम्पले नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँगको भेटमा जर्मनी र रुसबीचको सम्बन्धलाई ‘अनुपयुक्त’ भनी वर्णन गरे ।

नाटो ६९ वर्षे इतिहासमा यो सबभन्दा विभाजित शिखर सम्मेलन हुने लक्षण देखिएको छ । सामान्यतया नाटो सम्मेलन पहिले नै योजनामुताबिक निर्धारण गरिएका हुन्छन् र व्यवस्थित रूपमा अघि बढ्छन् । तर ट्रम्पका पहिला शब्दहरूले नै
यसपालि त्यसो नहुने देखाएका छन् ।

जर्मन राजनीतिकर्मीहरूले राजनीति त्यागेपछि रुसी ऊर्जा कम्पनीहरूका लागि काम गर्ने गरेको र यो अनुपयुक्त भएको पनि उनले भने । जर्मनी पूरै रुसको नियन्त्रणमा छ, उनको भनाइ छ ।

उनले यस्तो टिप्पणी गर्नुका पछाडि नाटोका अन्य सदस्य युरोपेली मुलुकहरू विशेष गरी जर्मनीले सुरक्षाका लागि थप पैसा खर्च गर्नुपर्ने उनको भनाइलाई पुष्टि गर्नका लागि हो ।

एजेन्सी

२०७५ आषाढ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत