समाचार

बालकथा ‘जुँगेझाँक्रीको भूत’ विमोचन

मलेखु, धादिङ, १४ असार पत्रकार तथा ब्यंग विधामा कलम चलाउन रुचाउने साहित्यकार केशव दुवाडीद्वारा लिखित ‘जुँगेझाँक्रीको भूत’ नामक बालकथा संग्रहको मंगलबार यहाँ आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले कथाको विमोचन गर्दै बालबालिकालाई कथाको माध्यमबाट नैतिक कुरा सिकाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

बालबालिकालाई नैतिक शिक्षा दिने तथा मेलमिलाप, सामाजिक उत्तरदायित्वसँग सम्बन्धित नौवटा कथा संग्रहमा समेटिएको छ ।

प्रकाशित बालकथा संग्रहले बालबालिकामा सामाजिक उत्तरदायित्व जगाउने र कक्षा पाँचदेखि आठसम्मका विद्यार्थीका लागि पुस्तक अति उपयोगी हुने साहित्यकार भद्री दाहालले टिप्पणी गर्नुभयो । ४४ पेजमा समेटिएको पुस्तकका हरेक कथाले नीतिगत र शुत्रगत सन्देश दिनेछन् ।

२०७५ आषाढ १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत