हलिउड

हलिउड चलचित्र ‘बेवाच’को प्रमोशनमा प्रियंका, गसिपको हिस्सा बन्न चाहन्नन्

काठमाडौं । प्रियंका चोपडा आजभोलि मुम्बईमा आफ्नो डेब्यु हलिउड फिल्म ‘बेवाच’ को प्रवद्र्धनमा व्यस्त छिन् । गत सोमबार जुहुस्थित एउटा होटलमा प्रियंकाले पत्रकार सम्मेलनको आयोजना गरेकी थिइन् । यसैक्रममा उनी ‘पउल का’ को ‘ह्वाइट गाउन’ मा देखिएकी थिइन् । त्यहाँ प्रियंकाले आफ्नो अगामी प्रोजेक्टसँग जोडिएका प्रश्नको उत्तर दिएकी थिइन् ।

भाष्करका अनुसार उनी एक निर्मातासँगै कलाकार पनि भएकाले उनले क्रियटिभ काम हेर्ने र उनकी आमाले व्यापारिक काम सम्हाल्ने बताएकी थिइन् । उनले आफूसँग जोडिएका नेशनल अवार्ड ग्रहण गर्ने बेलामा न्युयोर्कमा हुने गरेको बताउँदै उनको मराठी चलचित्र ‘भेन्टिलेटर’ ले तीनतीन वटा नेशनल अवार्ड पाउँदा पनि संयोगवश न्योयोर्कमा रहेको बताइन् ।

प्रियंकाका बारे बलिउडमा चलिरहेको चर्चा बारे जवाफ दिँदै उनले आफू गसिपको हिस्सा बन्न नचाहेको बताइन् । उनी र टम हिलटनबीचको लिंकअपका बारे पत्रकारले सोधेको प्रश्नको उत्तर दिन नचाहेको बताइन् । “कसैसँग पन्ध्र मिनेट कुरा गर्ने बित्तिकै मान्छे लेख्न थाल्छन्, ” प्रियंकाले भनिन्, “यस बारे पूर्ण रूपले भन्नु केही छैन ।”  

हलिउडमा सुटिङका क्रममा निकै फरक कुरो पाएको प्रियंकाले सुनाइन् । उनले पङचुअल हुनका लागि हलिउडबाट सिकेको बताइन् । उनले भनिन्, “उनीहरू ८ बजेको सुटिङ ८ बजेर २  मिनेटमा सुरु गर्छन् । सायद म त्यति अनुशासित हुन पाए हुन्थ्यो ।” 

भारतमा मिडियाको समस्याका कारण सानो कुरोलाई ठूलो कुरा बनाउने गरेको प्रियंकाले बताइन् । उनले फेयरनेस क्रिम र लाउडस्पिकर विवादका बारेमा मुख खोल्न चाहिनन् । उनले भनिन्, “सबैको आआफ्नै धारणा हुन्छ, प्रजातन्त्रमा सबैले आफ्ना कुरा राख्न पाउँछन्, जुन सोसल मिडियाका माध्यमद्वारा उनका फ्यानसम्म सजिलै पुग्छ ।”

२०७४ बैशाख १५ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत