सर्पले डसेर किशोरीको मृत्यु
समाचार

सर्पले डसेर किशोरीको मृत्यु

अछाम, २७ जेठ अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ ।

घर नजिकैको गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो । भाइ र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष अमृता बुढाले जानकारी दिनुभयो ।
मृतक बुढाले स्थानीय विश्वज्योति माध्यामिक विद्यालयबाट एसइई परीक्षा दिएकी थिइन् ।

२०७५ जेठ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत