एकैदिन ११५ ले पाए नागरिकता
समाचार

एकैदिन ११५ ले पाए नागरिकता

ताप्लेजुङ, २७ जेठ ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–४ मा शनिबार सञ्चालित एक दिने एकिकृत घुम्ती सेवा शिविरमार्फत ११५ जनाले नागरिकता प्रमाणपत्र लिएका छन् ।

सर्वसाधारण जनताको घरदैलोमा नै पुगेर सेवा प्रवाह गर्ने सरकारको नीतिअनुरुप जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सञ्चालित उक्त शिविरबाट गाउँपालिका अन्तर्गतका विभिन्न वडाका सर्वसाधारणले नागरिकता प्रमाणपत्र लिएका हुन् ।

नागरिकता लिनेमध्ये केही जेष्ठ नागरिक पनि रहेका बताइएको छ । यस्तै, जिल्ला कृषि विकास कार्यालयबाट ७१, जिल्ला पशुसेवा कार्यालयबाट ७३, जिल्ला स्वास्थ्य कार्यालयबाट १२४, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट ११५ र महिला विकास कार्यालयबाट १८ जनाले सेवा लिएका छन् ।

जिल्ला वन कार्यालय र डिचेनडोङ्ला आँखा अस्पतालबाटसमेत दर्जनांै सर्वसाधारणले सेवा लिएको बताइएको छ । यसअघि पनि जिल्लाका ग्रामीण क्षेत्रसम्म पुगेर सरकारी कार्यालयले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको र आगामी दिनमा पनि आवश्यकता हेरी घुम्ती सेवा शिविर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो ।

२०७५ जेठ २७ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत