थोक–खुद्रा व्यापारी साँठगाँठ: चामल, दालको मूल्य आकासियो
बजार

थोक–खुद्रा व्यापारी साँठगाँठ: चामल, दालको मूल्य आकासियो

भ्याट फिर्ता नदिने सरकारको नीतिलाई बहाना बनाउँदै थोक तथा खुद्रा व्यापारीले बजार मूल्य बढाएका छन्।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा बनस्पति घ्यू, खानेतेल चिनीलयात वस्तुमा सरकारले उपभोक्ताबाट उठाई स्वदेशी उद्योग प्रोत्साहन नाममा व्यापारीलाई फिर्ता दिँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) व्यवस्था खारेज गरेको थियो। कार्यान्वयनमा आइ नसकेको सो बजेटलाई आधार मान्दै थोक तथा खुद्रा व्यापारीको मिलेमतोमा बजार मूल्य बढेको हो।

कर ऐन २०५२ ले स्वदेशी उद्योगलाई प्रोत्साहनस्वरुप भ्याटबापत उठेको रकम उद्योगीलाई नै फिर्ता दिने व्यवस्था गरेको थियो। अर्थमन्त्री डा.युवराज खतिवडाले सो व्यवस्था खारेज गर्नेसम्बन्धी विधेयक संसदमा विचाराधीन छ।

थोक व्यपारीले बजेट कार्यन्वयन नभई मूल्य बढाउने, खुद्रा व्यापारीले पनि आफूसँग पहिलेदेखि नै स्टक रहेको सामानलाई नयाँ मूल्यमा बिक्री गर्न दुवै समूहबीच सहमति भएको उपभोक्तावादीहरुको भनाइ छ।

उपभोक्ता अधिकारकवादी पे्रमलाल महर्जन चाडपर्व, बजेटको समयमा व्यपारीबीच मिलेमतोमा मूल्यवृद्धि हुने बताउँछन्। यस पटक पनि बजेट कार्यान्वयन नहुँदै बजार भाउ बढाउन व्यापारीबीच साँठगाँठ भएको उनले जनाए।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य थोक व्यपारीका कारण मूल्यवृद्धि गर्नुपरेको बताउँछन्। ‘हामीले पहिलेको दरमै केही सामान उपभोक्तलाई बिक्री गरिरहेका छौं’, उनी भन्छन्, ‘बजारभाउ फरक पर्नुमा थोक व्यापारी भूमिका हुन्छ कुनै कम्पनीको सामान सस्तो कुनै कम्पनीको महँगो हुने गरेकोले यस्तो पर्न गएको हो।’

बजेटले तोरीको गेडामा लाग्दै आएको एक प्रतिशत भन्सारलाई ५ प्रतिशत पु¥याएको छ। दालमा लाग्दै आएको भन्सार दरलाई ५ बाट १० प्रतिशत पुर्याएकाे छ। सनफ्लावर र भटमासको तेलमा भन्सार वृद्धि नभए पनि व्यवसायीले मूल्य बढाएका छन्।

खुद्रा व्यापार संघका अनुसार थोक व्यापारीले बडाएको मूल्यसची खानेतेल प्रतिलिटर १७, चामल प्रतिबोरा १ सय रुपैयाँ, दाल प्रतिकिलो १० रुपैयाँ, चिनीको मूल्यमा १० रुपैयाँसम्म वृद्धि भएको छ।

आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएपछि त्यसलाई समेत व्यपारीले मूल्यवृद्धिको कारक देखाएका छन्। इन्धनको मुल्य वृद्धि हुँदाको अनुपातभन्दा अत्यधिक मुल्य वृद्धि गर्ने गरेको महर्जन बताउँछन्।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य बढाएकै दिन रुटअनुसार करिब २ सय २० रुपैयाँसम्म हवाई भाडा बढेको छ। इन्धन मूल्यवृद्धिले अधिकांश दुर्गममा हवाईमार्गबाट खाद्यान्न ढुवानी हुन्छ। निगमले डिजेलको मूल्य ३ रुपैयाँ बढाएर प्रतिलिटर ९५ रुपैयाँ पु¥याएपछि सार्वजनिक तथा ढुवानीका साधनमा तत्काल असर गरेको देखिएको छ। तर अहिलेको मुल्य वृद्धि नियमविरुद्ध अस्वभाविक रहेको महर्जनको तर्क छ।

२०७५ जेठ २३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत