सन्दीपको अर्को छलाङ, अाइपीएलपछि क्यानेडियन लिग खेल्दै
खेलकुद

सन्दीपको अर्को छलाङ, अाइपीएलपछि क्यानेडियन लिग खेल्दै

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्को छलाङ मार्दै क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्। भर्खरै अाइपीएलसँगै विश्व-११ बाट खेलेर अाएका सन्दीप अाइतबार उक्त लिगका लागि छनौट भएका हुन्।

सन्दीपलाई लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा खरिद गरेको प्रतियोगिताको अफिसियल ट्विटर एकाउन्टमा जनाइएको छ। पहिलो संस्करण अायोजना हुन लागेको प्रतियोगिता जुन २८ देखि जुलाइ १५ तारिख सम्म चल्नेछ। 

६ टोलीको सहभागिता रहेको प्रतियोगिता टोरन्टो स्थित माप्ले लिफ क्रिकेट क्लबको मैदानमा खेलिनेछ। प्रतियोगिताको मार्की प्लेयरका रुपमा शाहिद अफ्रिदी, डुवेन ब्रावो, क्रिस गेल, लसिथ मलिंगा, क्रिस लेन, सुनिल नारायण, डेभिड मिलर, लसिथ मलिंगा, अन्ड्रे रसेल, डरेन सामी, स्टिभ स्मिथ रहेका छन्। 

राउण्ड ६ मा सन्दीप सहित छनोट भएका खेलाडीहरु

ड्राफ्टका लागि १६ सय खेलाडीहरुले नाम दर्ता गराएको थिए। ती मध्येबाट सन्दीप श्रीलंकाका लसिथ मलिंगा, तिसरा परेरा, वेष्ट इन्डिजका सुनिल नारायण, पाकिस्तानका मोहम्मद हफिज, जिम्बावेका सिकन्दर राजा अादि भएको टोली मोन्ट्रेल टाइगर्समा छनोट भएका हुन्।

सन् २०१४ मा तत्कालिन नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलार्इ चितवनमा देखेपछि यू-१६ राष्ट्रिय टोलीमा मौका दिएका थिए। सन् २०१६ मा भएको अाइसीसी यू-१९ विश्वकपमा सन्दीपले ह्याट्रिकय सहित १६ विकेट लिएपछि चर्चामा अाएका थिए।

सोही वर्ष नेपाली टोलीले एेतिहासिक लर्डस मैदानमा एसीसीसँग नेपाल र बेलायतको दैत्यसम्बन्ध दुर्इ वर्ष पूरा भएको उपलक्ष्यमा मैत्रीपूर्ण खेल खेलको थियो। उक्त खेलमा नेपालले एमसीसीसँग ४१ रनको जित हात पार्दा सन्दीपले १ विकेट पनि लिएका थिए।

गत फेब्रुअरीमा नामिबियामा भएको अाइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा सन्दीप १७ विकेट लिदै म्यान अफ द सीरिज चुनिएका थिए। त्यसपछि मार्चमा भएको अाइसीसी विश्वकप छनोटमा उनले नेपाली टोलीबाट १३ विकेट लिए। उक्त प्रतियोगिताबाट नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो।

दिल्ली डेयरडेभिल्सले अक्सनबाट २० लाख भारतीय रुपैयाँमा खरिद गरेपछि इण्डियन प्रिमियर लिग(अाइपीएल) खेल्ने उनी पहिलो नेपाली खेलाडी बनेका थिए। अाइपीएलमा तीन खेल खेल्दै उनले ५ विकेट लिएका थिए।

२०७४ मा सन्दीप अाइपीएलसँगै क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा आबद्ध भएका थिए। २०७४ सालमा मात्रै उनले विभिन्न प्रतियोगिताहरुमा कुल ८४ विकेट लिए छन्। सोहीवर्ष भएको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा मात्रै उनले २४ विकेट लिदैं म्यान अफ द सीरिजको उपाधि हात पारेका थिए।

त्यसपछि विश्व-११ को टोलीबाट वेष्ट इन्डिजविरुद्ध लर्डसमा खेलेका सन्दीप अाइतबार क्यानेडियन लिगमा छनोट भएका हुन्। क्रिकेट क्यानडाको अायोजनामा हुने यस प्रतियोगितालार्इ अाइसीसीको समेत मान्यता रहेको छ।

२०७५ जेठ २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत