द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु
ग्लोबल

द्वन्द्वमा परी युक्रेनमा २४० बालबालिकाको मृत्यु

युक्रेनमा भएको द्वन्द्वका क्रममा २४० भन्दा बढी बालबालिकाहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर शुक्रबार तथ्याङ्क सार्वजनिक गरिएको युक्रेनको विदेश मन्त्रालयले जनाएको छ ।
“द्वन्द्व प्रभावित क्षेत्रमा अहिले पनि बालबालिकाहरु खतरामा रहेका छन् र उनीहरूलाई सुरक्षाको आवश्यकता छ,” विदेश मन्त्री प्याभ्लो क्लिम्किनले भन्नुभयो ।

युक्रेनको पूर्वी क्षेत्रमा सन् २०१४ को अप्रिलदेखि द्वन्द्व सुरु भएको हो । त्यस क्षेत्रका सहरहरूलाई आफ्नो नियन्त्रणमा राख्न सरकारी पक्षले रक्षात्मक आक्रमण गरिरहेको छ । सशस्त्र लडाकू समूहले केही ठाँउहरू आफ्नो नियन्त्रणमा लिएर कीभबाट स्वतन्त्र भएको घोषणा गरेका छन् ।

२०७५ जेठ १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत