पत्रपत्रिकाबाट

पाल्पा बसदुर्घटना: १२ जनाको मृत्यु, १५ घाइते

शुक्रवार विहान भएको दुर्घटनामा पाल्पामा १२ जनाको मृत्यु भएके छ भने १५ जना घाइते भएका छन् । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको बस शुक्रवार विहान दुर्घटना भएको हो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट निकै तल खसेको हो । प्रहरीले दुर्घटनामा ठूलो मानवीय क्षति भएको जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका सबैको अहिले सम्म सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार दुर्घटनामा ९ पुरुष र ३ महिलाको मृत्यु भएको जनाएका छन् ।

दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी स्थानिय अस्पताल लगिएको छ । प्रहरीका अनुसार बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्बद्ध २७ जना सवार थिए ।

२०७५ जेठ १८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत