रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रणा
ग्लोबल

रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रणा

मस्को, १६ जेठ रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ ।

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उहाँलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिनुभयो ।

“हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौँ,” मत्भीयेन्कोले एक समाचार संस्थासँग भन्नुभयो ।

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उहाँले बताउनुभयो ।

२०७५ जेठ १६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत