बैँक / वित्त

नक्कली डलर कारोबार गर्ने पक्राउ

बनेपा, १३ जेठ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ बोहरेदोभान जाने बाटोको चोक नजिकैको जङ्गलमा नक्कली डलर देखाई ठग्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकन डलर सटही गर्न खोजेको भन्ने विशेष सुराकीको आधारमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ का २३ वर्षीय विनोद तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताउनुभयो ।

डलर भनेर नक्कली डलर २५ हजार देखाई नेपाली रु १८ लाख बराबरको रकम सटही गर्न सम्झौता गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । सो क्रममा पाँच राउण्ड हवाई फायरसमेत गरिएको प्रहरीले जनाएको छ । उनको साथमा बा७२प ३०९६ नं को मोटरसाईकलसमेत बरामद गरिएको छ ।

२०७५ जेठ १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत