देश

ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

पाल्पा। पाल्पाबाट रुपन्देही तर्फ जाँदै गरेको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदाँ ५ वर्षिय बालिकाको घटनास्थलमै मृत्यु भएको छ।
लु २ ख २४४० नम्वरको ट्रिपरले विपरित दिशा तर्फ आउदै गरेको लु १७ प ८७५९ नम्वरको मोटरसाइकललाई राती ९:३० बजे ठक्कर दिएको थियो।

तानसेन नगरपालिका ३ अप्पुभिलेज नजिकै गए राती सिद्धार्थ नगरपालिका १ रुपन्देहीकी अनुसिका दर्लामीको मृत्यु भएको हो घटना लगत्तै ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

२०७५ बैशाख २२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत