मोदीले यसरी गर्दैछन् नेपाल भ्रमण
देश

मोदीले यसरी गर्दैछन् नेपाल भ्रमण

प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय नेपाल भ्रमणको औपचारिक घोषणा भएको छ। बिहारको मुजफ्फरपुरबाट वैशाख २८ बिहान हेलिकोप्टरमा जनकपुर पुग्ने मोदीलाई प्रधानमन्त्री ओलीले जानकी मन्दिर परिसरमा स्वागत गर्नेछन् ।

मन्दिरमा विशेष पूजाअर्चनापछि मोदीको सम्मानमा जनकपुर उपमहानगरपालिकाले बाहविघा रंगभूमी मैदानमा नागरिक सम्मान गर्नेछ, मोदीले त्याहां सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्नेछन् ।२८ वैशाखमै मोदी काठमाण्डौ आउनेछन् उनले २८ वैशाखमै काठमाण्डौमा राष्ट्रपती तथा उपराष्ट्रपती सित शिष्टचार भेट गर्ने छन् ।

२८ वैशखमै दूवै देशका प्रधानमन्त्रिहरुको औपचारीक बार्ता हुनेछ तथा स्विच मार्फत अरुण तेस्रोको सिल्यान्यास गर्नेछन् २९ वैशाख मुक्तिनाथ दर्शन गर्न मोदी मुस्ताङ्ग जानेछन् त्यांहाबाट फर्केपछी २९ वैशाखमानै मोदीको काठमाण्डौ माहानगरपालीकाले नागरिक अभिनन्दन गर्ने छ।त्यसै दिन नेपालका विभिन्न राजनितक दलका नेता सित भेट वार्ता गर्ने कार्यक्रम तय गरिएको छ र अन्तमा संयूक्त पत्रकार सम्मेलन हुनेछ ।

२०७५ बैशाख २२ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत