सरकारले सहयोगका लागि आग्रह गरेपछि कम्पनीमा दर्तावाल यातायात व्यवसायीहरुले सडकमा सवारी निकाले
राजनीति

सरकारले सहयोगका लागि आग्रह गरेपछि कम्पनीमा दर्तावाल यातायात व्यवसायीहरुले सडकमा सवारी निकाले

काठमाण्डौ।सिन्डिकेट पक्षधर नेपाल यातायात व्यवसायी माहासंघ तथा अन्य संघ र समितीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै देखिनै सार्वजनिक यातायात नचलेपछी यात्रुहरुले असुविधा झेलेका छन् ।

सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पछी कम्पनीमा दर्ता भएका यातायात व्यवसायीहरु सित सरकारले सहयोगका लागि आग्रह गरेपछि कम्पनीमा दर्तावाल यातायात व्यवसायीहरुले सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध सरकारलाइ सहयोग गरेका छन् ।

तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि न्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिएका छन् ।

अहीले विभिन्न कम्पनीका यातायतहरुले यात्रु ओसार्न थालेपछि अहिले यात्रुलाई केही सहज भएको छ । यद्यपि, चलेका सवारीहरु पर्याप्त नभएको हुँदा यात्रुको माग थेग्न नसक्दा यात्रुहरुलाइ असुविधा भने झेलिनै रहेका छन् ।

२०७५ बैशाख २१ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत