वीरगञ्ज कारागारमा चौकिदारको हप्ता अशुली
पत्रपत्रिकाबाट

वीरगञ्ज कारागारमा चौकिदारको हप्ता अशुली

वीरगञ्ज । अमेरिकालगायत पश्चिमा राष्ट्रहरूमा कारागारलाई सुधार गृहका रूपमा लिने गरिन्छ । जान–अन्जानमा मान्छेले अपराध गर्छ र सजाय पाएपछि भुक्तानका लागि कारागार चलान गरिन्छ ।

दक्षिण एसियामा कारागार भनिए पनि पश्चिमा राष्ट्रहरूमा सुधार गृहका नामले कारागारलाई दिने गरिन्छ र त्यस्ता सुधार गृहहरूमा आवश्यक सम्पूर्ण सुविधाहरू रहन्छन् । जसका कारण अपराधीलाई अपराध गर्न हुन्न भन्ने ज्ञान उत्पन्न हुन्छ र ऊ त्यहाँ बसेकै कारण सुध्रन्छ । त्यसैले पनि सुधार गृह भनिएको हो ।

तर हामीकहाँ सुधार गृह त परैजाओस् क्षमताभन्दा दशौँ गुणा बढी कैदीहरू राखेर उल्टो उनीहरूलाई शोषण गर्ने प्रचलन छ । कारागार सुधार गृह होइन उल्टो त्यहाँ बसेर झन् अपराधी बनेर निस्कने अवस्था हामीकहाँ रहेको छ । कारागारबाट छुटेका व्यक्तिहरू धेरै अपराधमा संलग्न भई पुनः पक्राउ परेका घटनाले यस कुरालाई पुष्टि गर्दछ ।

हुन पनि कारागार कमाउने अखडाका रूपमा रहेको छ । कारागारको प्रशासन र सुरक्षा गृहमन्त्रालय अन्तर्गतको कारागार व्यवस्था विभागले हेर्ने गर्दछ भने सुरक्षा अधिकांश ठाउँमा नेपाल प्रहरी र केहीमा सशस्त्र प्रहरीले दिने गर्दछ । कारागारभित्रको सम्पूर्ण दैनिकी भने थुनिएका कैदीहरूबाट नै हुने गर्दछ । त्यसको प्रमुखका रूपम चौकिदार रहने गर्दछन् र उनको सहयोगीका रूपमा भाइ चौकिदारदेखि भाइ नाइकेको पद दिएर व्यक्ति तोकिने गर्दछ ।

- नेपाल समाचारपत्रबाट

२०७५ बैशाख १९ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत