रोजगार

१२ सय रोजगारी कटौती गर्दै कोकाकोला

एजेन्सी

न्युयोर्क, वैशाख १३ – विक्रीमा कमी आएपछि चर्चित पेय पदार्थ कम्पनी कोका–कोलाले १२ सय रोजगारी कटौती गर्ने निर्णय गरेको छ ।

मंगलबार आम्दानीको रिपोर्ट सर्वाजनिक गर्दै यो वर्षको दोस्रो हाफदेखि रोजगारी कटौती गर्ने बताएको हो । कम्पनीले यसबाट ८० करोड डलर बचत गर्ने लक्ष्य लिएको छ ।


विश्वभर काम गर्ने कोकका कर्मचारीको तुलनामा यो निकै सानो कटौती हो । विश्वभर कोकका १ लाखभन्दा बढी कर्मचारी रहेका छन् ।

कोकका आगामी सिइओ जेम्स क्विन्सीले उत्तरी अमेरिकामा रहेका रहेका बोटलिङ अपरेसनलाई रिफ्रान्चाइजिङ पनि गर्ने बताए ।

हाल चिफ अपरेटिङ अफिसर रहेका क्विन्सीले मे १ देखि नयाँ सिइओको जिम्मेवारी सम्हाल्दैछन् ।

पछिल्लो केही वर्षको कोकको विक्रीमा कमी आएको छ । मंगलबार सार्वजनिक रिपोर्टमा कोकको विक्रीमा ११ प्रतिशतले कमी आएको र नाफामा २० प्रतिशतले कमी आएको बताइएको छ ।

२०७४ बैशाख १३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत