देश

भारतीय राजदूतावास इकाइमा बम विष्फोट

विराटनगर । विराटनगर–१३ स्थित रहेको भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको छ ।

८ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरीले जानकारी गराएको छ। मोटरसाइकलमा आएका दुई जना व्यक्तिले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ ।

२०७५ बैशाख ४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत