विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्रीदेखि कलाकारसम्म सहभागी
पत्रपत्रिकाबाट

विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्रीदेखि कलाकारसम्म सहभागी

प्रधानमन्त्री ओलीले गरे मुगुका विद्यार्थीको अभिभावकत्व ग्रहण विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर रहेका बालबालिका विद्यालयबाहिर रहेकाले प्रधानमन्त्री र मन्त्रीहरूले अभिभावकत्व ग्रहण गरेका हुन्

बालबालिकालाई विद्यालय ल्याउन प्रधानमन्त्रीको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानका क्रममा मन्त्रीहरूले समेत अभिभावकत्व ग्रहण गरेका हुन् । १ वैशाखमा प्रधानमन्त्री तथा मन्त्रीहरूले विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकालाई जिम्मा लिएर भर्ना गरेका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री, सांसद तथा मन्त्रीहरूले समेत अभिभावकत्व ग्रहण गरेका छन् । बालबालिकालाई विद्यालय ल्याउन सरकारले ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ प्रधानमन्त्रीको नेतृत्वमा भर्ना अभियान सञ्चालन गरिएको हो । कलाकारहरूसमेत भर्ना अभियानमा जुटेका छन् ।

अनिवार्य शिक्षा ऐनअघि नै विद्यालय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले अनिवार्य शिक्षा ऐन आउनुअघि नै सबैलाई विद्यालय ल्याउन खोजेको बताए । त्यसका लागि विद्यालय उमेर समूहका तर, विद्यालय बाहिर रहेका बालबालिकालाई अभिभावकत्व ग्रहण गरेर विद्यालयमा ल्याउने पोखरेलले बताए । बालबालिका भर्ना गरेर विद्यालयमा टिकाउन खोजेको उनको भनाइ छ । उनले यो वर्ष भर्ना गरेका बालबालिकालाई विद्यालयमा निरन्तरता दिने काम सरकारले गर्ने बताए । उनले समताको सूचीमा रहेकालाई अभिभावकत्व ग्रहण गरेर विद्यालयमा ल्याउन आग्रह गरेका छन् ।

- नयाँ पत्रिकाबाट

२०७५ बैशाख ३ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत