खेलकुद

एन्फा निर्वाचन छिटो गर्न एएफसीको निर्देशन

काठमाण्डौ ।पटकपटक रोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन मिति छिटो तोक्न एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई निर्देशन दिएको छ। एएफसीले पत्राचार गरी एन्फालाई छिटो निर्वाचनको मिति तोक्न निर्देशन दिएको हो।

यसअघि दुईपटक सरेको निर्वाचन चैत १४ गतेका लागि तय भएको थियो। तर, चैतको निर्वाचनमा सहभागी बन्न पाउनुपर्ने भन्दै भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले अदालतमा रिट दायर गरेपछि पाटन उच्च अदालतले निर्वाचन तत्काल नगर्न आदेश दिएको थियो। अदालतको आदेशपछि एन्फाले निर्वाचन कार्यक्रम रद्द गरेको थियो।

निर्वाचनका लागि आएका एएफसीका प्रतिनिधिसमेत तत्काल नेपाली फुटबलको अवस्थाबारे बुझेर फर्किएका थिए। हाल भक्तपुर र मकवानपुरको समेत निर्वाचन भइसकेको छ। जिल्ला निर्वाचन पूरा भइसकेको अवस्थामा एएफसीले पुनः चासो दिएर निर्वाचनको नयाँ मिति तोक्न निर्देशन गरेको हो।

२०७५ बैशाख २ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत